काठमाडौं । काठमाडौं महानगरपालिकाका पुर्व उपमेयर विदुर मैनालीले काठमाडौं १ मा प्रत्यक्षबाट उम्मेदवार बन्ने आकांक्षा राखेर पार्टीमा आवेदन दर्ता गराएका छन् । वि. सं २०५४ सालको स्थानिय तहको निर्वाचनमा एमाले उमेदवार बनेर लोकप्रिय मत सहित उपमेयर जितेका मैनाली क्षेत्रका पाका नेतामा गनिन्छन् ।
२०७० सालको निर्वाचनमै चर्चामा रहेर अन्तिम समयमा नाम काटिए पछि प्रतिपक्षी उमेदवार प्रकाशमान सिंहले लामो सास फेर्दै खुशियाली व्यक्त गरेका थिए भनेर एमाले वृत्तमा चर्चा हुने गरेको पाइन्छ । मैनाली यसपटक टिकट पाउनेमा ढुकक देखिन्छन् ।
त्यस्तै विद्यार्थी राजनीतिबाट अनेरास्ववियु केन्द्रिय अध्यक्ष हुँदै हाल एमाले केन्द्रिय सदस्य तथा काठमाडौं सहइन्चार्ज समेत रहेका रुप नारायण श्रेष्ठले पनि प्रत्यक्षबाट उमेदवार बन्न आवेदन दर्ता गराएका छन् । देशैभर युवा माहोल अगाडी बढेको अवस्थामा श्रेष्ठलाई पनि हेबिवेट उमेदवारको रुपमा हेरिएको क्षेत्रका एमाले कार्यकर्ताले बताएका छन् ।
त्यस्तै, नेकपा एमाले विशेष प्रदेश कमिटी सदस्य केशव घिमिरे, बुद्धिजिवी नेता तथा वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई, व्यवसायी द्धिराज आचार्यले पनि प्रत्यक्ष तर्फको उमेदवारका लागि आकांक्षा राखेका बताइएको छ ।
त्यसैगरि चर्चामा रहेका प्रदेश सांसद गणेश प्रसाद दुलालले संघमा दाबी गर्न तयारी गरेपछि कार्यकर्ताले एकपटक प्रदेश तहमै बसेर काम गर्न सम्झाए पछि उनी पछाडि हटेका गोप्य स्रोतले जनायो । यद्यपि प्रदेश तहमा पनि आकांछीको संख्या ठुलै भएकाले दुलालको पक्षमा माहोल बनाउन भने थप कसरत गर्नपर्ने देखिएको छ ।
कुनै पनि नाममा सहमति नभए सबै नामलाई प्रदेश हुँदै केन्द्रीय कमिटीमा पठाउन अध्यक्ष केपी शर्मा ओलीले यस अघि नै विशेष निर्देशन जारी गरेका छन् ।
आज संघका लागि आएका सबै नामलाई भेरिफाई गरि भोलि नै क्षेत्रिय कमिटीले जिल्ला हुँदै केन्द्रमा पठाउने तयारी छ ।