नेपाल–केन्या एकदिवसीय क्रिकेट : केन्यासामु २३१ रनको लक्ष्य

नेपाल–केन्या एकदिवसीय क्रिकेट : केन्यासामु २३१ रनको लक्ष्य

२०७९, भाद्र १८ शनिवार

  • 1.4K
    SHARES

  • नेपाल–केन्या एकदिवसीय क्रिकेट : केन्यासामु २३१ रनको लक्ष्य

    काठमाडौँ । दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले केन्यासामु दुई सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

    केन्याको नैरोवीस्थित जिमखाना मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै नेपालले ४९ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर दुई सय ३० रन बनाएको हो ।  

    नेपालका लागि लागि कप्तान रोहितकुमार पौडेलले ७८ रनको अद्र्धशतकीय पारी खेले । उनले ९५ बल खेल्दै सात चौका हाने । यस्तै देव खनालले ३७, सोमपाल कामीले २६, ज्ञानेन्द्र मल्ले २५, वसिर अहमदले १७, आदिल अन्सारीले १४ र करण केसीले ११ रनको योगदान दिए । 

    बलिङतर्फ केन्याका लागि नेहमिह ओढियाम्बो, शेम एन्गोचे र विराज पटेलले दुई दुई विकेट लिए । 

    अहिले केन्याले जवाफी ब्याटिङ गरिरहेको छ । यसअघि नेपालले केन्यासित शुक्रबार पहिलो एकदिवसीय खेल खेलेको थियो । 

    उक्त खेलमा नेपाल सात विकेटले विजयी भएको थियो । सन्दीप लामिछाने क्यारेवियन प्रिमियर लिग ९सीपीएल०खेल्न वेष्ट इन्डिज गएपछि नेपाली टोलीको कप्तानी रोहितकुमार पौडेलले गरिरहेका छन् । 

    २०७९, भाद्र १८ शनिवार०५:३८:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार