एमाले विशेष प्रदेशद्धारा वरिष्ठ उपाध्यक्ष पोखरेललाई घोषणापत्र सुझाव मस्यौदा हस्तान्तरण

एमाले विशेष प्रदेशद्धारा वरिष्ठ उपाध्यक्ष पोखरेललाई घोषणापत्र सुझाव मस्यौदा हस्तान्तरण

२०७९, भाद्र २० सोमवार

  • 1.9K
    SHARES

  • एमाले विशेष प्रदेशद्धारा वरिष्ठ उपाध्यक्ष पोखरेललाई घोषणापत्र सुझाव मस्यौदा हस्तान्तरण

    काठमाडौं । नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीले चुनावी घोणणा पत्रका लागि मस्यौदा संकलन कार्य सम्पन्न गरेको छ । 

    विशेष प्रदेश कमिटी मातहतका जिल्ला कमिटीबाट आएका सुझाव तथा प्रदेशको कार्यदलले विज्ञहरुबाट आएका धारणालाई विपिवद्ध गर्दै २९ पृष्ठको तयारी मस्यौदा नेकपा एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललाई हस्तान्तरण गरेको छ । 

    आइतवार उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष एवं कार्यदलका संयोजक प्रेम कुमार पराजुली, प्रदेश उपाध्यक्ष विदुर कार्की, सचिवालय सदस्य तथा कार्यदलका सचिव केशव घिमिरे, सचिवालय सदस्यहरु श्रीधर आचार्य, कविन्द्र शेखर रिमाल लगाएतको उपस्थितिमा मस्यौदा हस्तान्तरण गरिएको हो । 

    स्वदेशी उत्पादन हुन सक्ने विद्युत, कृषि, पर्यटन जस्ता विषयलाई अधिक महत्व दिएर सुझाव दिईएको कार्यदलका सचिव केशव घिमिरेले बताए ।

    सर्वसुलभ रुपमा विद्युतको प्रयोगबाट जनताको जिवनस्तर उकास्ने नीति तर्जुमा गर्नु पर्नेमा जोड दिइएको र सोही बमोजिम सुझाव पठाइएको घिमिरेको भनाई छ । त्यस्तै पर्यटकको बसाई लम्व्याउने, वैज्ञानिक कृषि प्रणाली खेती र प्राविधिक शिक्षा प्रदान गर्दा मात्र समाजवादमा पुग्न सकिने आधार सहितको सुझाव दिइएको उनले बताए ।  

    एमाले केन्द्रिय कमिटी बैठकले सबै प्रदेशलाई १५ दिन भित्र घोषणा पत्रका लागि सुझाव पठाउन निर्देशन जारी गरेको थियो ।  

    २०७९, भाद्र २० सोमवार०८:४९:१५
    प्रतिक्रिया
    सम्बन्धित समाचार