च्याम्पियन्स लिगमा रियलको विजयी सुरुवात

च्याम्पियन्स लिगमा रियलको विजयी सुरुवात

२०७९, भाद्र २२ बुधवार

  • 973
    SHARES

  • च्याम्पियन्स लिगमा रियलको विजयी सुरुवात

    काठमाडाैँ । साविक विजेता रियल मड्रिडले युइएफए च्याम्पियन्स लिगमा सानदार विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा रियलले स्कटिस क्लब सेल्टिकमाथि उसकै मैदानमा ३–० को जित दर्ता गरेको हो ।

    रियलको जितमा भिनिसियस जुनियर, लुका मोड्रिच र इडेन हाजार्डले गोल गरे ।

    यो जितसँगै रियलले समूह ‘एफ’ मा ३ अंक जोडेको छ ।

    सेल्टिकले भने अंकको खाता खोल्न सकेको छैन ।

    समूहकै अर्को खेलमा युक्रेनी क्लब साख्तर डोनेस्कले बुण्डेसलिगा क्लब आरबी लाइप्जिगलाई उसकै मैदानमा ४–१ को विजयी सुरुवात गरेको छ ।

    २०७९, भाद्र २२ बुधवार०८:००:०८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार