पाँच पटकको सदाबहार च्याम्पियन भारतलाई हराउँदै नेपाल फाइनलमा

पाँच पटकको सदाबहार च्याम्पियन भारतलाई हराउँदै नेपाल फाइनलमा

२०७९, भाद्र ३१ शुक्रवार

  • 953
    SHARES

  • पाँच पटकको सदाबहार च्याम्पियन भारतलाई हराउँदै नेपाल फाइनलमा

    काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।

    पाँच पटकको च्याम्पियन भारतलाई १-० गोलले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो।

    नेपाल यससँगै महिला साफमा पाँचौपटक फाइनलमा पुग्यो। यसअघि चार पटकको फाइनलमा भने नेपाल पराजित हुँदा उपाधि विमुख भएको थियो।

    नेपालका लागि पहिलो हाफको अन्तिम मिनेटमा रश्मिकुमारी घिसिङले गोल गरिन्। प्रिति राईले मिहिनेत गरेर दिएको क्रसमा रश्मिले डिबक्स भित्रबाट उत्कृष्ट फिनिसिङ गरेकी थिइन्।

    दशरथ रंगशालामा उपस्थित सात हजार दर्शकसामू भारतलाई पराजित गरेको नेपालले अब उपाधिका सोमबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि शुक्रबार नै भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानमाथि ८-० गोलको जित निकालेको थियो।

    यससँगै पाँच पटकको विजेता भारत सेमीफाइनलबाटै बाहिरिएको छ । भारतले पाँचपटक उपाधि जित्दा फाइलनमा नेपाललाई चारपटक र बंगलादेशलाई एकपटक हराएको थियो। नेपाल यसअघि २०१६ बाहेक सबै साफको फाइनलमा पुगेको थियो। सन् २०१६ को साफमा नेपाल सेमिफाइनलमा भारतसँग पराजित भएको थियो।

    नेपालले भारतलाई साफमा हराएको यो पहिलोपटक हो। समग्रमा भने नेपालले भारतलाई दोस्रोपटक पराजित गरेको हो। यसअघि नेपालले हिरो गोल्डकपमा भारतमाथि जित निकालेको थियो।

    २०७९, भाद्र ३१ शुक्रवार०७:४२:५६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार