आन्दोलनका लागि तयार रहन नेपालको आग्रह

आन्दोलनका लागि तयार रहन नेपालको आग्रह

२०७७, पौष २६ आइतवार

  • 1.5K
    SHARES

  • आन्दोलनका लागि तयार रहन नेपालको आग्रह

    पौष २६, धनुषा ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल– नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरी मुलुकलाई सङ्कटमा धकेलेको आरोप लगाएका छन् ।

    जनकपुरधाममा नेकपा दाहाल–नेपाल समूहले आज आयोजना गरेको नेता–कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीबाट देश र समाजको परिवर्तन सम्भव नभएको विचार राखेका छन् । 
     
     उनले भने, “बहुमत हाम्रो पक्षमा रहेको छ ।” अध्यक्ष नेपालले आन्दोलनका लागि तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिए । 

    २०७७, पौष २६ आइतवार०५:५३:३९
    प्रतिक्रिया
    सम्बन्धित समाचार