गठबन्धनको बैठक बस्दै, सिट बाँडफाँडमा बढ्यो किचलो 

गठबन्धनको बैठक बस्दै, सिट बाँडफाँडमा बढ्यो किचलो 

२०७९, आश्विन ८ शनिवार

  • 937
    SHARES

  • गठबन्धनको बैठक बस्दै, सिट बाँडफाँडमा बढ्यो किचलो 

    काठमाडौँ । आसन्न निर्वाचनका लागि सत्तारूढ गठबन्धनले समानुपातिकको बन्दसूची बुझाइसकेको छ। समानुपातिकमा सहमति भए पनि प्रत्यक्षतर्फको सिट बाँडफाँटमा भने अझै सहमति जुट्न नसक्दा किचलो बढ्दै गएको छ।

    बाँडफाँटको विषयमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक शनिबार पनि बस्ने भएको छ। बैठक शनिबार बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ।

    हिजो पनि शीर्ष नेताहरूबीच दिनभर छलफल भएको थियो। दलहरू आफ्नै अडानमा रहेपछि सहमति हुन नसकेको हो।

    प्रतिनिधिसभाअन्तर्गत देशभरका १६५ वटा निर्वाचन क्षेत्रमध्ये ८० प्रतिशत सिट र प्रदेशसभाका ३३० सिटमध्ये पनि ८० प्रतिशतकै हाराहारीका सिटमा सहमति जुटिसकेको दाबी गठबन्धनका नेताहरूको छ।

    सिट बाँडफाँटका लागि गठबन्धनले कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको थियो।

    २०७९, आश्विन ८ शनिवार०८:११:५७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार