एमाले सचिवालय बैठक आज, उमेदवार छनोटमा केन्द्रित

एमाले सचिवालय बैठक आज, उमेदवार छनोटमा केन्द्रित

२०७९, आश्विन १३ बिहिवार

  • 1.7K
    SHARES

  • एमाले सचिवालय बैठक आज, उमेदवार छनोटमा केन्द्रित

    काठमाडौँ । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बस्नेछ ।

    बैठकले आसन्न निर्वाचनमा उमेदवार टुंगो लगाउने अनुमान गरिएको छ । दशैँ लगत्तै असोज २३ गते प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको उमेदवारी दर्ता गर्नुपर्ने भएकाले आजको बैठकलाई महत्वका साथ हेरिएको छ । 

    उमेदवार छान्नका लागि यसअघि बसेको केन्द्रीय कमिटी बैठकले सचिवालयलाई जिम्मा दिइसकेको छ । एमालेमा प्रत्यक्षतर्फका उमेदवारका लागि तल्ला कमिटीले सिफारिस गरिसकेका छन् ।

    २०७९, आश्विन १३ बिहिवार०८:४३:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार