काठमाडौं । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि काठमाडौं ४ सर्वाधिक चर्चाको क्षेत्र मध्येमा प्रमूख निर्वाचन क्षेत्रभित्रै पर्दछ ।
संघिय संसदका लागि नेकपा एमालेबाट स्थायी समिति सदस्य तथा विदेश विभाग प्रमूख डा. राजन भट्टराई र नेपाली कांग्रेसबाट महामन्त्री गगन कुमार थापा दोस्रो पटक आमनेसामाने हुँदैछन् ।
दुवै नेताहरु आ- आफ्ना पार्टीबाट सर्वसम्मतिले उमेदवारका रुपमा प्रस्तावित हुनुले यस क्षेत्रमा हाललाई यी दुईको विकल्प छैन भन्ने नैँ बुझिन्छ ।
थापा यस क्षेत्रबाट प्रतिनिधित्व गर्दै १५ वर्ष सम्म निरन्तर सांसद भईसकेका छन् भने भट्टराई संसद प्रवेशका लागि दोस्रो पटकको भिडन्तका लागि तयारी अवस्थामा छन् ।
वि.सं. २०७४ सालको डेव्यु निर्वाचनमै भट्टराईले थापाको निन्द्रा नराम्रो सँग खल्बल्याउन सफल भए पनि अन्तमा करिव ३ हजार मतान्तरले पराजित हुँदै संसद प्रवेशको अवसर गुमाउन पुगेका थिए । यद्यपि देशैभर वाम तालमेल हुँदा पनि भट्टराई उपविजेतामा मात्र सिमित हुन पुगे ।
आफुअनुकुल निर्वाचन परिणाम नआउँदा मैदानै छोडेर प्रतिस्पर्धी बाटो लाग्दा निर्वाचितलाई हाईसन्चो हुने परिपाटीलाई डा. भट्टराईले गज्जवसँग तोडेका छन् । निर्वाचन परिणाम आए पश्चात विजय हासिल गर्न सफल प्रतिस्पर्धी थापालाई खादा तथा माला लगाएर बधाई एवं शुभकामना व्यक्त गरेका भट्टराईको अनुहारमा हारमा पनि कुनै छटपटि देखिएन ।
त्यसयता हरेक दिनलाई विशेष दिन बनाउनु पर्छ भन्ने मान्यता राख्ने विद्धान भट्टराई जनताका घरदैलो, बाटो, पानी, विजुली जस्ता कार्यमै व्यस्त रहे । अघिल्लो पटकको निर्वाचनमा कमै मात्र जितको भोक देखाएका भट्टराई यसपटक भने निश्चित जितको भोककालागि आतुर देखिएका छन् ।
भनिन्छ एउटा विद्यार्थीले परिक्षा पास गर्नका लागि कति भोक देखाएर पुस्तक पल्टाएको छ सोही नतिजा उसले पाउँदछ भनेजस्तै डा. भट्टराईले पर्याप्त मात्रामा जनताका समस्यालाई सुनेर समाधानार्थ कदम चालेका छन् ।
केही समय अगाडी सम्म सामाजिक संजालमा कमै मात्र लेख्न रुचाउने भट्टराई हाल भने संजाललाई भरपुर प्रयोग गर्न समेत सिपालु देखिएका छन् । विहिवार साँझ सामाजिक संजालबाट अर्थपूर्ण रुपमा गर्जन निकाल्दै अन्तरराष्ट्रिय मामिलाका विज्ञ भट्टराईले 'बादलले एकछिन घामलाई छेक्न सक्ला तर सूर्यको प्रकाशलाई कसैले रोक्न नसक्ने' दाबी गरेका छन् ।
यता केही दिन अगाडि मात्र महामन्त्री थापाले चुनाव हारिन्छ की भन्ने डरले सताईरहन्छ भन्नुले यस पटकको निर्वाचनमा थापा रक्षात्मक अवस्थामा पुगेका राजनीतिक विश्लेषकको भनाई छ ।