एमाले –जसपाबिच भयो सहमति, जसपालाई प्रतिनिधि सभाका १७ र प्रदेशका ४२ सिट

एमाले –जसपाबिच भयो सहमति, जसपालाई प्रतिनिधि सभाका १७ र प्रदेशका ४२ सिट

२०७९, आश्विन २२ शनिवार

  • 1.1K
    SHARES

  • एमाले –जसपाबिच भयो सहमति, जसपालाई प्रतिनिधि सभाका १७ र प्रदेशका ४२ सिट

    काठमाडौं । गठबन्धन सँगको लामो रस्साकस्सीलाई चिर्दै सत्ता विपक्षी पार्टी नेकपा एमाले र सरकारवादी जनता समाजवादी पार्टी (जसपा)बीच १४ जिल्लामा चुनावी तालमेलको सहमति भएको छ ।

    मधेस प्रदेशका ८ जिल्ला, प्रदेश १ को मोरङ र सुनसरी तथा लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तु तथा सुदूरपश्चिमको कैलालीमा तालमेलको सहमति भएको हो ।

    यसअनुसार यी जिल्लामा प्रतिनिधिसभाका ३५ सिट एमालेले लिनेछ भने जसपाले १७ सिट लिने भएको छ ।

    प्रदेशसभातर्फ एमालेले ७० सिट पाउने छ भने जसपाले ४२ सिट पाएको छ । 

    uml-1.jpgjasapa-2.jpg

    २०७९, आश्विन २२ शनिवार१२:४३:४८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार