लोसपा पनि गठबन्धनमा : प्रतिनिधिसभामा ७, प्रदेशसभामा १६ सिट पाउने सहमति

लोसपा पनि गठबन्धनमा : प्रतिनिधिसभामा ७, प्रदेशसभामा १६ सिट पाउने सहमति

२०७९, आश्विन २३ आइतवार

  • 1.2K
    SHARES

  • लोसपा पनि गठबन्धनमा : प्रतिनिधिसभामा ७, प्रदेशसभामा १६ सिट पाउने सहमति

    काठमाडौँ । महन्थ ठाकुर नेचृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले कांग्रेस नेतृत्वको गठबन्धनबाट प्रतिनिधिसभातर्फ ७ सिट पाउने भएको छ।

    शनिबार राति भएको सहमतिमा लोसपालाई प्रतिनिधिसभातर्फ ७ सिट र प्रदेशसभातर्फ १६ सिट दिने सहमति भएको हो।

    गठबन्धनमा भएको सहमतिअनुसार लोसपाले सप्तरी २, बारा ३, पर्सा १, धनुषा ३, महोत्तरी २, महोत्तरी ३ र सर्लाही १ मा प्रतिनिधिसभातर्फ उम्मेदवारी दिने भएको छ।

    प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, लोसपा अध्यक्ष ठाकुर, अर्का नेता राजेन्द्र महतोलगायतको उपस्थितिमा उक्त सहमति भएको हो।

    २०७९, आश्विन २३ आइतवार०७:१०:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार