काठमाडौं १ प्रतिनिधिसभामा किरण पौडेल तथा प्रदेशमा गणेश दुलाल र रामप्रसाद अमगाईँको मनोनयन 

काठमाडौं १ प्रतिनिधिसभामा किरण पौडेल तथा प्रदेशमा गणेश दुलाल र रामप्रसाद अमगाईँको मनोनयन 

२०७९, आश्विन २३ आइतवार

  • 2.0K
    SHARES

  • काठमाडौं १ प्रतिनिधिसभामा किरण पौडेल तथा प्रदेशमा गणेश दुलाल र रामप्रसाद अमगाईँको मनोनयन 

    काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मनोनयन प्रक्रिया सम्पन्न भएको छ । 

    देशकै प्रमूख अड्डा सिंहदरवार क्षेत्र रहेको काठमाडौं १ मा एमालेबाट प्रतिनिधि सभाका लागि युवानेता किरण पौडेल र प्रदेश सभा क र ख का लागि क्रमशः रामप्रसाद अमगाईँ र गणेश प्रसाद दुलालले मनोनयन दर्ता गराएका छन् । 

    आइतवार दिउँसो ठूलो संख्यामा रहेको कार्यकर्ताको जुलुस सहित एमाले नेताहरुले मनोनयन दर्ता गराएका हुन् । 

    111.jpg

    प्रतिनिधि सभामा प्रस्तावित पौडेल युवाहरु माझ लोकप्रिय मानिन्छन् । नेकपा एमालेको शक्तिशाली जनवर्गीय संगठन युवासंघका अध्यक्ष समेत रहेका पौडेल प्रविधिमैत्री तथा सिपयुक्त युवा एवं मानवस्रोतको उचित प्रयोग गरेर नै राष्ट्र समुन्नत बनाउन सकिने धारणा राख्ने गरेका छन् ।

    एमाले पार्टीलाई शसक्त बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएका पौडेल प्रतिनिधि सभाका लागि हेबिवेट उमेदवार हुनेमा एमालेले विश्वास गरेको छ । खेलकुद, युवा र विकासका कार्यलाई सँगसँगै जोडेर लगेमात्र दिगो विकास हुने पौडेलले बताएका छन् । 

    त्यस्तै, २०७४ सालको स्थानिय तहको निर्वाचनमा वडातहमा सशक्त प्रतिस्पर्धी रहेका रामप्रसाद अमगाईँ क्षेत्रका लोकप्रिय एवं समाजसेवी नेतामा गनिन्छन् । कुनै पनि कामलाई सुक्ष्म ढंगले नियालेर सहि नतिजाका लागि मेहनत गर्ने अमगाईँ अन्य पार्टीका लागि पनि प्रेरणाा स्रोत मानिन्छन् ।

    जनताका कामलाई प्राथमिकता दिन रुचाउने अमगाईँ विपक्षी या आफ्नो पार्टी नभनी सबै खाले जनताका काम गर्न सक्ने बहुप्रतिभाका धनि रहेका स्थानियले बताएका छन् । 

    114.jpg

    त्यसैगरि, विकासका कामलाई सदैव मूलमन्त्र ठान्ने गणेश प्रसाद दुलाल क्षेत्रका नेताहरु मध्ये अधिक विकासप्रेमी नेता रहेका विभिन्न सर्वेक्षणले बताएका छन् । उनी २०७४ सालको निर्वाचनमा वागमति प्रदेश सभाका लागि निर्वाचित भएका थिए । अघिल्लो निर्वाचनमा प्रतिस्पर्धी रहेका नेपाली कांग्रेसका सुरज चन्द्र लामिछाने नै यसपटक पनि प्रतिस्पर्धी रहेका छन् ।

    तर मनोनयन गर्दै गर्दाका समयमा कांग्रेस कार्यकर्ताले राखेका विचारलाई नियाल्ने हो भने यस क्षेत्रमा नेपाली कांग्रेसलाई निकै नै मुस्किल हुने लक्षण देखिएको छ । 

    कोरोना महामारीका समयमा कांग्रेस नेताहरु सुतेका र दुलाल सहितको टोली जागै रहेर जनतालाई पुर्याएको सेवाले पनि एमाले तिनैवटा सिटमा भारि हुन सक्ने स्थानिय आशा कुमारी शाहले बताइन् ।

    डेंगी नियन्त्रण लगाएत बाटा तथा ढल समस्यामा छलफल गर्न खोज्दा प्रदेश मन्त्री दिपेन्द्र श्रेष्ठबाट पाइएका गैर जिम्मेवार अभिव्यक्ति तथा कार्य त कति कति जुन् अर्को भेटमा बेलिविस्तार लगाउने उनको भनाई छ । 

    113.jpg12.jpg

    २०७९, आश्विन २३ आइतवार०८:४७:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार