काठमाडौं । नेपाल एमाले काठमाडौ क्षेत्र नम्बर ४ ले २५५५ सदस्यीय निर्वाचन परिचालन कमिटी घोषणा गरेको छ ।
शनिबार मित्रपार्कको आर बि होममा आयोजना गरिएको निर्वाचन कमिटी घोषणा कार्यक्रममा कार्यक्रम संयोजक विदुर विक्रम खड्काले पुर्व महान्यायाधिवक्ता तथा एमाले केन्द्रीय सदस्य रमेश वडालको संयोजकत्वमा २५५५ सदस्यीय निर्वाचन परिचालन कमिटी घोषणा गरेका छन् ।
उप संयोजकत्रयमा निर्मल कुईकेल, पूर्व मेयर उद्वव खरेल र केदार पुडासैनी रहेका छन् भने सचिवमा टीका पराजुली एवं कार्यालय सचिवमा उत्तम अधिकारी रहेका छन् ।

त्यसै गरि आजको भेलाले प्रदेश निर्वाचन परिचालन कमिटी पनि घोषणा गरेको छ ।
अन्जु शर्माको संयोजकत्वमा ११५५ सदस्यीय प्रदेश १ निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । जसको उपसंयोजकमा इश्वरमान कपाली, सचिव कृष्णभक्त खड्गी र कार्यालय सचिव आशिष श्रेष्ठ रहेका छन् ।
त्यस्तै, राजन कुमार पोखरेलको संयोजकत्वमा १३५५ सदस्यीय प्रदेश २ निर्वाचन परिचालन कमिटी पनि गठन गरिएको छ । कमिटीको उपसंयोजकमा शिला लामा, सचिव गोविन्द कटुवाल र कार्यालय सचिवमा श्रीकृष्ण श्रेष्ठ रहेका छन् ।

कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले “विगत १५ बर्षदेखी यश क्षेत्रमा बारम्बार निर्वाचित भए केही पनि काम नगरेका व्यक्तिलाई जिताउनु भएको फेरि पनि यहाँको विकासलाई पछाडि धकेल्नु शिवाय केही नरहेको भन्दै यश पटक हामिले गरेका काम र हामिले ल्याएका नीति र कार्यक्रमलाई हेरेर मतदान गर्न अनुरोध गरेका थिए ।
साथै उनले विगतमा काठमाडौं क्षेत्र नम्बर ४ मा आफू संसद नहुँदा पनि केन्द्र र प्रदेश सरकारबाट थुप्रै योजनाहरू पास गराएर धेरै विकासका कामहरू गरेको र अहिले त्यसलाई गगन थापाले आफुले गरेको भन्दै त्यो कामको जस लिन खोजेको आरोप लगाएका थिए । साथै उनले हिजो कमल पोखरी बनाउन रोक्न लागाउने व्यक्ति नै आज कमलपोखरी हामिले बनाएको भन्दै प्रचार गरिरहेको देख्दा त्यस्तो व्यक्तिबाट जनता बच्नु पर्ने बताएका थिए । “

काठमाडौं क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य क र ख का लागि नेकपा एमालेबाट केन्द्रमा डा। राजन भट्टराई प्रदेशमा जयराम थापा र तेज प्रसाद ढकाल छन् भने नेपाली काङ्ग्रेस सहितको गठबन्धनबाट संघमा गगनकुमार थापा र प्रदेशमा काङ्ग्रेसका श्रीराम लामिछाने र नेकपा समाजवादीका कुसुम कुमार कार्की प्रतिस्पर्धा गर्दै छन् ।
