पौष २७, काठमाडौँ ।
पछिल्लो २४ घण्टामा थप ४८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ५ हजार ३०९ नमुना परीक्षण गर्दा १९२ महिला र २९६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ६५ हजार २६८ पुगेको छ भने उनीहरुमध्ये २ लाख ५८ हजार ९६८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
१ हजार ९२७ जनाको मृत्यु भएको छ भने देशभर ४ हजार ३७३ संक्रिय संक्रमित छन् ।
संक्रमितमध्ये ३ हजार १४३ जना होम आइसोलेसनमा छन् भने १६३ जनाको आईसीयू र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।