निर्वाचन आयोगले संविधानप्रदत्त हक अधिकार कुण्ठित गरेको शिक्षक संगठनको आरोप

निर्वाचन आयोगले संविधानप्रदत्त हक अधिकार कुण्ठित गरेको शिक्षक संगठनको आरोप

२०७९, कार्तिक ७ सोमवार

  • 3.6K
    SHARES

  • निर्वाचन आयोगले संविधानप्रदत्त हक अधिकार कुण्ठित गरेको शिक्षक संगठनको आरोप

    काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले यहि असोज २५ गते निर्वाचन आयोगद्धारा जारी सूचनाको बारेमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । 

    सोमवार संगठनका अध्यक्ष विष्णु प्रसाद भण्डारी र महासचिव हंश बहादुर शाहीले संयुक्त रुपमा एक विज्ञप्ति जारी गर्दै आयोगले संविधानप्रदत्त अधिकार कुण्ठित गरेको आरोप लगाएका छन् । 

    आयोगले गत २५ गते शिक्षक तथा सरकारी कर्मचारीले आसन्न निर्वाचनका सन्दर्भमा कुनै पनि उमेदवारका पक्षमा मत माग्न, उमेदवारसँग फोटो खिच्न, सामाजिक संजालमा लाइक कमेन्ट गर्न रोक लगाएको सन्दर्भलाई संगठनले संविधानद्धारा निर्दिष्ट अधिकार, स्वतन्त्रता र ट्रेड युनियन विरुद्धको कदम भएको बताएको छ । 

    त्यस्तै, नेपालले आइएलओ अभिसन्धि १९४९ को ९८ लाई हस्ताक्षर गरी पारित गरेको र उक्त अभिसन्धिद्धारा प्रदत्त ट्रेड युनियन भित्रको राजनीतिक अधिकार प्रति पनि स्मरण गराएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

    nnta-1.pngn-25.jpg

    २०७९, कार्तिक ७ सोमवार०२:३८:०६
    प्रतिक्रिया
    सम्बन्धित समाचार