ओली नेतृत्वको सरकार देशको हितमा हुन्छ : कमल थापा

ओली नेतृत्वको सरकार देशको हितमा हुन्छ : कमल थापा

२०७९, कार्तिक २८ सोमवार

  • 1.1K
    SHARES

  • ओली नेतृत्वको सरकार देशको हितमा हुन्छ : कमल थापा

    काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष एवं मकवानपुर-१ का प्रतिनिधिसभा उम्मेदवार कमल थापाले ओली नेतृत्वको सरकार देशको हितमा हुने बताएका छन् ।

    सामाजिक सञ्जाल ट्वीटरमा स्टाटस लेख्दै उनले सत्तागठबन्धन र केपी ओली बीचमा फरक देखाएका हुन् । भारतको नाकाबन्दीविरुद्ध लडेको, चुच्चे नक्सा बनाएको भन्दै थापाले ओलीको तारिफ गरेका छन् ।

    ‘कसैलाई तीतो लाग्ला तर, भारतले नाकाबन्दी गर्दा त्यसको विरोधमा बोल्न डराउने नेताहरूभन्दा त्यसकोविरुद्ध डटेर लड्ने, विदेशीले कब्जा गरेको लिम्पियाधुरा बिर्सने नेताहरूभन्दा चुच्चे नक्सा बनाउने, विदेशीको प्रेरणामा बनेको गठबन्धनभन्दा ओली नेतृत्वको सरकार देशको हितमा हुन्छ’, थापाले लेखेका छन् ।

    कमल थापा नेकपा एमालेको समर्थनमा चुनावी मैदानमा छन् ।

    २०७९, कार्तिक २८ सोमवार०९:४८:२५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार