चर्चित कुटनीतिज्ञ बर्नसलाई वाइडेनले केन्द्रीय गुप्तचर प्रमुख बनाइने

चर्चित कुटनीतिज्ञ बर्नसलाई वाइडेनले केन्द्रीय गुप्तचर प्रमुख बनाइने

२०७७, पौष २८ मंगलवार

  • 2.3K
    SHARES

  • चर्चित कुटनीतिज्ञ बर्नसलाई वाइडेनले केन्द्रीय गुप्तचर प्रमुख बनाइने

    पौष २८, वासिंगटन । 

    अमेरिकाको राष्ट्रपतिमा नवनिर्वाचित जो वाइडेनले चर्चित कुटनीतिज्ञ विलियम बर्नसलाई केन्द्रीय गुप्तचर प्रमुख बनाउने भएका छन् । 

    केन्द्रीय गुप्तचर निकाय (सिआइए)को निर्देशकको रूपमा उनलाई नियुक्त गर्ने निर्णय भएको वाइडेनले सोमबार घोषणा गरेका हुन् ।

    सरकारी कर्मचारीकारूपमा झण्डै ३३ बर्ष सेवा गरेका बर्नस अहिले ६४ बर्षको भएका छन् । उनी यसअघि रूस र जोर्डनका लागि राजदूतसमेत भएका थिए ।

    उनले डेमोक्र्याटिक र रिपब्लिकन दुवै पार्टीबाट निर्वाचित राष्ट्रपतिको मातहतमा रहेर काम गरिसकेका हुन् ।

    उनलाई अमेरिकी सरकारी सेवा र कुटनीतिक क्षेत्रमा राम्रो छवि भएको र प्रभावकारी क्षमता भएको व्यक्तिका रुपमा चिनिन्छ । 

    उनी गत सन् २०१७ देखि एक बर्ष अगाडिसम्म राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा पनि कार्यरत थिए । तर ट्रम्पको कुटनीतिक भूमिका अत्यन्त आलोचित भएपछि बर्नसले छोडेका थिए ।

    “दशकौँको कार्य अनुभव र दक्षताका आधारमा विलियम बर्नस अहिले अनुकरणीय कुटनीतिज्ञ भएका छन्, रक्षा र सुरक्षाको क्षेत्रमा पनि उनको विश्वस्तरीय ज्ञान र क्षमता छ,” बाइडेनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्। 

    उनलाई आगामी कार्यकालमा गुप्तचर निकाय प्रमुखको रुपमा जिम्मेवारी दिँदा राष्ट्रलाई फाइदा हुने र अमेरिकामा बस्नेहरु ढुक्कसँग निदाउन पाउने बाइडेनको भनाइ छ ।

    उनले राम्रो काम गरेको व्यक्तिको रूपमा अति उच्चस्तरका विभिन्न सम्मानहरु पनि प्राप्त गरेका छन् । बर्नसले अस्फोर्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्वन्धमा विद्यावारिधि पनि हासिल गरेका छन् ।- एजेन्सी । 

    २०७७, पौष २८ मंगलवार०७:३७:०१
    प्रतिक्रिया
    सम्बन्धित समाचार