ढाका । बङ्गलादेशको प्रतिव्यक्ति आय अघिल्लो वर्षको तुलनामा बढेको छ ।
आर्थिक वर्ष २०२१र०२२ ९जुलाई २०२१ देखि जुन २०२२० को बङ्गलादेशको प्रतिव्यक्ति आय दुई हजार ८२४ अमेरिकी डलर पुगेको बुधबार सार्वजनिक पछिल्लो आधिकारिक तथ्याङ्कले देखाएको छ ।
अघिल्लो आर्थिक वर्ष २०२०र०२१ ९जुलाई २०२० देखि जुन २०२१० मा बङ्गलादेशको प्रतिव्यक्ति आय दुई हजार ५९१ डलर रहेको थियो ।
प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रस्तुत गरिएको प्रतिवेदनअनुसार सन् २०२१र०२२ मा बङ्गलादेशको कूल गार्हस्थ उत्पादन वृद्धिदर ७।२५ प्रतिशत पुगेको छ ।
बङ्गलादेशको तथ्याङ्क विभागले आर्थिक वर्ष २०२१र०२२ मा देशको कूल गार्हस्थ उत्पादन चार खर्ब ६५ अर्ब डलर पुगेको जनाएको छ ।
बङ्गलादेशमा पछिल्लो समय इन्धन अभाव, उर्जा सङ्कट र विश्वव्यापी खाद्यान्न समस्यालगायतका कारण आर्थिक मन्दी बढेको भन्दै यसलाई सम्बोधन गर्न विभिन्न तहमा बहस चलिरहेको छ । सिन्ह्वा