आज मध्यरातिबाट ‘मौन अवधी ’ सुरु हुँदै

आज मध्यरातिबाट ‘मौन अवधी ’ सुरु हुँदै

२०७९, मंसिर १ बिहिवार

  • 1.2K
    SHARES

  • आज मध्यरातिबाट ‘मौन अवधी ’ सुरु हुँदै

    काठमार्डां ।  अघिल्ला निर्वाचनमा ‘मौन अवधि’ भनिएको ‘स्थिर समय’ बिहीबार मध्यराति १२ बजेबाट सुरु हुँदै गर्दा उम्मेदवार प्रचारप्रसारको अन्तिम कसरतमा जुटेका छन् ।

    निर्वाचन आयोगले ४ मंसिरअघिको ‘स्थिर समय’मा प्रचारप्रसारलगायत कुनै पनि गतिविधि गर्न नपाइने जनाएको छ ।

    १ मंसिर राति १२ बजेपछि कुनै पनि उम्मेदवार र राजनीतिक पार्टीलाई निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित गतिविधिमा रोक लगाइएको हो ।

    निर्वाचन आयोग आयुक्त रामप्रसार भण्डारीले ४ मंसिरको ४८ घण्टाअघि ‘समय स्थिर’ लागू गरिएको जानकारी दिए । यस अवधिमा राजनीतिक दल तथा उम्मेदवारले कुनै पनि प्रकारका ‘चुनावी प्रचारप्रसार’लगायत गतिविधि गर्न नपाउने उनले प्रस्ट पारे ।

    यसअघि, सो समयलाई ‘मौन अवधि’ भन्ने गरिए पनि त्यसको सट्टा ‘शून्य समय’ भन्नु उपयुक्त हुने भएकाले ४८ घण्टालाई ‘स्थिर समय’ मानिनेछ ।

    प्रचारप्रसारको अन्तिम कसरतमा उम्मेदवार

    निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ अनुसार निर्वाचन हुनु ४८ घण्टाअघिदेखि सम्बन्धित कुनै पनि कार्यक्रम गर्न पाइँदैन । यो समयभित्र कसैले प्रचारप्रसार गरेको पाइए ‘निर्वाचन कसुर तथा सजाय ऐनले गम्भीर प्रकृतिको कसुर मानेर कडा सजाय गरिने’ जनाइएको छ ।

    यसैगरी, आसन्न निर्वाचनमा मतदान केन्द्रभित्र मोबाइल तथा क्यामेरा लैजान पाइनेछैन । आयोगले मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा चार बुँदे निर्देशनसमेत जारी गरेको छ ।

    प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा २१ बमोजिम निर्देशन गरिएको छ । निर्देशनअनुसार मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य व्यक्तिले सलाई, लाइटर, फोटो खिच्ने क्यामरा, मोबाइल तथा निषेधित वस्तु लैजान पाउने छैनन् ।

    निषेधित वस्तु लिइआएको पाइए प्रचलित कानुनबमोजिम तत्काल कारबाही वा मतदान केन्द्र प्रवेश बिन्दुमा राख्ने व्यवस्था मिलाइनेछ । मतदान केन्द्रबाहिर ‘निज’लाई उपयुक्त लागेको स्थानमा राख्न लगाएर प्रवेश अनुमति दिइने भएको छ ।

    निर्देशनमा ‘कसैले फोटो खिच्ने क्यामरा वा मोबाइल साथमा लगी मत संकेत गर्ने स्थान मतदान कक्षमा गएमा तत्काल त्यस्तो क्यामरा वा मोबाइल जफत हुने’ उल्लेख छ ।

    प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९, निर्वाचन आचारसंहिता, २०७९ विपरीत उल्लिखित कार्य गर्ने मतदाता तथा अन्य व्यक्तिलाई कानुनबमोजिम कारबाही गर्न मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमार्फत मतदान केन्द्रमा खटिने सबै मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा सुरक्षाकर्मीलाई जानकारी गराउन निर्देशन दिइएको छ ।

    २०७९, मंसिर १ बिहिवार०६:५३:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार