कतार विश्वकप फुटबलमा आज तीन खेल हुँदै

कतार विश्वकप फुटबलमा आज तीन खेल हुँदै

२०७९, मंसिर ५ सोमवार

  • 873
    SHARES

  • कतार विश्वकप फुटबलमा आज तीन खेल हुँदै

    काठमाडौँ । विश्वकप फुटबलमा आज सोमबार तीन खेलहरू हुँदै छन्। कतार विश्वकपमा सोमबार समूह एको एक खेल हुँदैछ। यस्तै समूह बी को दुई खेल हुने तालिका रहेको छ।

    सोमबार हुने पहिलो खेलमा इंग्ल्यान्ड र इरानबिच प्रतिस्पर्धा हुनेछ। इंग्ल्यान्ड र इरानबिचको खेल बेलुका ६ः४५ बजे सुरु हुनेछ। समूह बी मा रहेको इंग्ल्यान्ड र इरान जित निकाल्दै सुखद सुरुआत गर्न चाहन्छ।

    समूह बी अन्तर्गतको अर्को खेलमा अमेरिका र वेल्सबिच प्रतिस्पर्धा हुनेछ। अमेरिका र वेल्सबिचको खेल राति १२ः४५ बजे सुरु हुनेछ। त्यस्तै समूह ए अन्तर्गत सेनेगल र नेदरल्यान्ड्सबीच खेल हुनेछ। सेनेगल र नेदरल्यान्ड्सबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ।

    ​मध्येपूर्वको मुस्लिम राष्ट्रमा पहिलो पटक आयोजना भएको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन्। उद्घाटन खेलमा आयोजक कतारलाई २-० ले हराएर इक्वेडरले विजयी सुरुआत गरिसकेको छ।

    सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ। यस विश्वकपमा कुल ६४ खेल हुनेछ। आठ रङ्गशालामा आयोजना हुने विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ।

    २०७९, मंसिर ५ सोमवार०८:५१:४३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार