काठमाडौँ ९ मा एमालेका श्रेष्ठ आठ हजार आठ सय ३५ मतले अघि

काठमाडौँ ९ मा एमालेका श्रेष्ठ आठ हजार आठ सय ३५ मतले अघि

२०७९, मंसिर ६ मंगलवार

  • 921
    SHARES

  • काठमाडौँ ९ मा एमालेका श्रेष्ठ आठ हजार आठ सय ३५ मतले अघि

    काठमाडौँ । काठमाडौँ क्षेत्र नं ९ मा जारी मतगणनामा बिहान ७ः२५ बजेसम्म प्रतिनिधिसभा सदस्यका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कृष्णगोपाल श्रेष्ठ आठ हजार आठ सय ३५ मतले अग्रस्थानमा हुनुहुन्छ । 

    एक हजार ६१ मतले दोस्रो स्थानमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले सात हजार सात सय ७४ मत प्राप्त गर्नुभएको छ भने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की कल्पना धमलाले चार हजार आठ सय ३२ मत प्राप्त गर्नुभएको छ । 

    निर्वाचन अधिकृत पूजा खत्रीका अनुसार पछिल्लो मतगणनासम्म ३१ हजार सात सय ७२ मतगणना भएकामा एक हजार तीन सय आठ मत बदर भएको छ ।

    २०७९, मंसिर ६ मंगलवार११:५३:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार