साबिक विजेता फ्रान्सको विश्वकपमा विजयी सुरुवात

साबिक विजेता फ्रान्सको विश्वकपमा विजयी सुरुवात

२०७९, मंसिर ७ बुधवार

  • 773
    SHARES

  • साबिक विजेता फ्रान्सको विश्वकपमा विजयी सुरुवात

    विश्वकप फुटबलको साबिक विजेता फ्रान्सले कतारमा जारी विश्वकपमा विजयी सुरुवात गरेको छ।

    मंगलबार राति भएको खेलमा फ्रान्सले अस्ट्रेलियालाई ४-१ ले पराजित गरेको हो। समूह डी अन्तर्गतको खेलमा नवौँ मिनेटमा गुडविनको गोलबाट अस्ट्रेलियाले अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन।

    फ्रान्सका लागि ओलिभर जिरउडले २३ र ७१ औँ मिनेटमा गरी दुई गोल गरे । यस्तै राबिओतले २७ र केलियन एम्बाप्पेले ६८ औँ मिनेटमा गोल गरेका हुन् ।

    २०७९, मंसिर ७ बुधवार०७:४३:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार