काठमाडौँ । काठमाडौँ क्षेत्र नं ३ को सम्पन्न मतगणनाअनुसार प्रतिनिधिसभा र दुवै प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसले विजय हासिल गरेको छ ।
प्रतिनिधिसभा सदस्यतर्फ काँग्रेसका सन्तोष चालिसेले १५ हजार एक सय ५८ मत प्राप्त गरी विजयी भएका मतदान अधिकृत मन्दिरा शाहीले जानकारी दिए ।
उनका निकटतम् प्रतिस्पर्धी कृष्णबहादुर राईले ११ हजार एक सय ९६ मत प्राप्त गरेका हुन् ।
यसैगरी काठमाडौँ क्षेत्र नं ३ मा दुवै प्रदेशसभा सदस्यमा काँग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा सदस्य (१) तर्फ छिरिङदोर्जे लामा र प्रदेशसभा (२) मा विमल ठकुरी विजयी भएका मतदान अधिकृत शाहीले जानकारी दिए ।
यस क्षेत्रकी भेट्रान नेतृ अम्बिका बस्नेतलाई पछाडि पार्दै सन्तोष चालिसेको युग शुरुवात भएको कांग्रेसका कार्यकर्ताले बताएका छन् । चालिसे गोकर्णेश्वर नगरपालिकाको निवर्तमान प्रमूख समेत हुन् ।