कित्ताकाट खुल्यो, काठमाडौंमा कृषियोग्य जमिन भेटिएन 

कित्ताकाट खुल्यो, काठमाडौंमा कृषियोग्य जमिन भेटिएन 

२०७९, मंसिर ८ बिहिवार

  • 1.4K
    SHARES

  • कित्ताकाट खुल्यो, काठमाडौंमा कृषियोग्य जमिन भेटिएन 

     

     

    ८ मंसिर,काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र कृषियोग्य जमिन नभेटिएपछि कित्ताकाट खुलेको छ । महानगरले आफ्नो पालिकाभित्र भूउपयोग परिषद् गठन गरेर अध्ययन गर्दा कृषि योग्य जमिन नरहेको पाइएको महानगरले जनाएको छ ।

    भूउपयोग कार्यान्वयन समितिको सिफारिसका आधारमा उक्त परिषद्ले यस्तो निर्णय गरेको महानगरले जनाएको छ । बुधबार महानगरका मेयर बालेन्द्र बालेन साहको अध्यक्षता भूउपयोग कार्यान्वयन समितिको बैठक बसेको थियो ।

    बैठकमा परिषद्का सदस्य सचिव एवं महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले कार्यान्वयन समितिबाट आएको सिफारिसका विषयमा जानकारी गराउँदै कृषि योग्य जमिन नभएको सिफारिसका आधारमा निर्णय हुन प्रस्ताव पेस गरेका थिए । बैठकमा परिषद्‍का सदस्य एवं कार्यपालिका सदस्यहरु सहभागी थिए ।

    निर्णयपछि  संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख साहले, काठमाडौं महानगरपालिका क्षेत्रको जमिन गैरकृषि क्षेत्रका रुपमा वर्गीकरण भएको बताए । बालेनले भने, ‘बैठकको निर्णयपछि यसअघि रोक्का भएको जमिनको कित्ताकाट र अंशबण्डा फुक्का भएको छ ।’


    यसअघि २ कात्तिकमा वडाध्यक्षको संयोजकत्वमा वडा सचिव सदस्यसचिव रहने गरी भूउपयोग कार्यान्वयन उपसमिति गठन गरेको थियो । उक्त उपसमितिलाई आफ्नो वडामा भएको जमिनलाई कृषि र गैरकृषि क्षेत्रमा वर्गीकरण गर्ने जिम्मेवारी दिइएको छ ।

    भूउपयोग ऐन २०७६ को व्यवस्थापनअनुसार पालिकाका प्रमुखको अध्यक्षता रहने परिषद्‍मा प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने व्यवस्था छ । ऐन बमोजिम कार्यपालिकाले परिषद्‍का रुपमा काम गर्नेछ । प्रमुखकै अध्यक्षतामा रहने कार्यान्वयन समितिमा पनि प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने व्यवस्था छ ।अनलाइनबाट 

    २०७९, मंसिर ८ बिहिवार०६:५६:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार