स्याङ्जा- २ मा पद्मा अर्यालको अग्रता

स्याङ्जा- २ मा पद्मा अर्यालको अग्रता

२०७९, मंसिर १५ बिहिवार

  • 1.3K
    SHARES

  • स्याङ्जा- २ मा पद्मा अर्यालको अग्रता

    पोखरा । बुधबार रातिबाट मतगणना सुरु भएको स्याङ्जा- २ मा नेकपा एमालेकी पद्मा अर्यालले अग्रता लिएकी छन्।

    जारी मतगणनाअनुसार अर्यालले २ हजार ३०४ मत पाएकी छन् भने नेपाली काङ्ग्रेसका धनराज गुरुङले १ हजार ७०३ मत हासिल गरेका छन्।

    दुवैबीच ६०१ मतान्तर रहेको छ।

    यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १८० मत पाएका छन्।

    निर्वाचनमा धाधली भएको र पुन: मतदान हुनुपर्ने माग एमालेले राखेपछि निर्वाचन आयोगले मतगणना सुचारु गर्न निर्देशन दिएको हो।

    सोअनुसार बुधबार रातिबाट मतगणना सुरु भएको हो।

    २०७९, मंसिर १५ बिहिवार०७:२६:२५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार