चरिकोट । दोलखामा पुन : मतदान सुरु भएको छ।
मतदान बिहीबार बिहान ७ बजेदेखि सुरु भएको हो र साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।
१० मतदान केन्द्रमा मतदान सुरु भएको हो। जहाँ कुल ८ हजार ५१४ मतदाता रहेका छन्।
वैत्यश्वर गाउँपालिका- ६ का वैत्यश्वर माध्यमिक विद्लाय मतदान केन्द्रको क, ख, ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका क र ख, तामाकोसी गाउँपालिका-३ हेल्थपोस्ट भवन क र ख, वडा नं ३ को कालीढुंगा मावि क, ख, ग मा मतदान भइरहेको हो।
गत आइतबार बसेको बैठकले धाधली भएको भन्दै मंसिर १५ गतेभित्रमा १० वटा मतदान केन्द्रमा पुनस्मतदान गराउने निर्णय गरेको थियो।