बाजुरामा प्रतिनिधिसभा सदस्यमा काँग्रेसको अग्रता

बाजुरामा प्रतिनिधिसभा सदस्यमा काँग्रेसको अग्रता

२०७९, मंसिर १६ शुक्रवार

  • 4.2K
    SHARES

  • बाजुरामा प्रतिनिधिसभा सदस्यमा काँग्रेसको अग्रता

    बाजुरा । बाजुरामा प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसले अग्रता कायम गरेको छ । 

    काँग्रेस उम्मेदवार बद्रीप्रसाद पाण्डेले पाँच हजार चार सय ९१ मत प्राप्त गरेका छन् ।  

    उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का कर्णबहादुर थापाले चार हजार एक सय २९ मत प्राप्त गरेका छन् । यहाँ कुल ६० हजार एक सय ५२ जनाले मतदान गरेका थिए । 

    जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रदेशसभा (१) मा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार नरेश शाहीले दुई हजार ९७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बलदेव रेग्मीले नौ सय ६२ मत प्राप्त गरेका छन् ।  

    यस्तै प्रदेशसभा (२) मा नेपाली काँग्रेसका उम्मेदवार पदम शाहीले दुई हजार तीन सय ८१ तथा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लालबहादुर थापाले दुई हजार चार सय ५५ मत प्राप्त गरेका छन् । 

    २०७९, मंसिर १६ शुक्रवार१०:४२:३३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार