विश्वकपमा आज प्रिक्वाटरफाइनलका दुई खेल हुँदै

विश्वकपमा आज प्रिक्वाटरफाइनलका दुई खेल हुँदै

२०७९, मंसिर १८ आइतवार

  • 1.6K
    SHARES

  • विश्वकपमा आज प्रिक्वाटरफाइनलका दुई खेल हुँदै

    काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा आज (आइतबार) अन्तिम–१६ का दुई खेल हुँदै छन् । 

    कतारको अल थुमामा रंगशालामा हुने आजको पहिलो खेलमा साविक विजेता फ्रान्सले पोल्यान्डविरुद्ध खेल्दै छ । यो खेल नेपाली समयानुसार राति ८:४५ बजेदेखि सुरु हुनेछ । 

    फ्रान्स समूह 'डी' को विजेताको रूपमा र पोल्यान्ड समूह 'सी' को उपविजेताको रूपमा प्रिक्वार्टरफाइनल आएका हुन् । 

    यस्तै, आजको दोस्रो खेलमा राति १२:४५ बजे इङ्ल्यान्ड र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ । यो खेल कतारको अल बायत रंगशालामा हुनेछ । 

    विश्वकपमा इङ्ल्यान्ड समूह 'बी' को विजेताको रूपमा र सेनेगल समूह 'ए' को उपविजेताको रूपमा अन्तिम–१६ मा आएका हुन् । 

    २०७९, मंसिर १८ आइतवार११:१४:०४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार