सेयर बजारमा दैनिक नयाँ रेकर्ड कायम,३ दिनमै ७० अंकको उछाल

सेयर बजारमा दैनिक नयाँ रेकर्ड कायम,३ दिनमै ७० अंकको उछाल

२०७७, पौष २८ मंगलवार

  • 2.0K
    SHARES

  • सेयर बजारमा दैनिक नयाँ रेकर्ड कायम,३ दिनमै ७० अंकको उछाल

    पौष २८, काठमाडौँ । 

    मंगलबार २८ अंकको वृद्धिसहित २२६८ बिन्दुमा पुगेको बजारको यो अहिलेसम्मकै उच्च बिन्दु हो। आइतबार ४१ र सोमबार ३ अंकले बढेको बजार मंगलबार थप २८ अंकले बढ्दै ३ दिनमै ७० अंकले बढिसकेको छ।

    साताको सुरुवातदेखि नै बैंकिङ समूहले बजारलाई लीड गरिरहेको छ। मंगलबार पनि सर्वाधिक कारोबार हुनेमा धेरैजसो बैंकहरु नै अघि छन्।

    प्रिमियर इन्स्योरेन्सको मात्रै २९ करोडको कारोबार भएको बजारमा माथिल्लो तामाकोशी, प्रभु बैंक, नेशनल लाइफ र नेपाल लाइफको करिब १५/१५ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ।

    आइएमई जनरल इन्स्योरेन्स, आरम्भ चौतारी लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक, युनाइटेड फाइनान्स, माथिल्लो तामाकोशी, प्रभु लाइफ र समृद्धि फाइनान्सको सेयर मूल्य करिब १० प्रतिशतले वृद्धि भएको छ।

     बजारमा जीवन बीमा समूह करिब ३७६ अंकले बढ्दा निर्जीवन बीमा समूह करिब २७३ अंकले बढेको छ।

    हाइड्रोपावरको सूचक ६० अंकले बढ्दा लघुवित्त समूहको सूचक पनि ५० अंकले बढेको छ।

     

    २०७७, पौष २८ मंगलवार०४:२८:१२
    प्रतिक्रिया
    सम्बन्धित समाचार