पौष २८, काठमाडौँ ।
पछिल्लो २४ घण्टामा थप ४३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ५ हजार ३०० नमुना परीक्षण गर्दा १७७ महिला र २५३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ ।
संक्रमितमध्ये २ लाख ५९ हजार ३५८ जना संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल १ हजार ९३२ जनाको मृत्यु भएको छ ।
हाल देशभर ४ हजार ४०८ संक्रिय संक्रमित छन् भने संक्रमितहरुमध्ये २ हजार २८० जनाको होम आइसोलेसनमा छन् ।
देशभर १५७ जनाको आईसीयू र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।