मधेस प्रदेशमा एमाले संसदीय दलको नेतामा सरोज यादव चयन

मधेस प्रदेशमा एमाले संसदीय दलको नेतामा सरोज यादव चयन

२०७९, पौष २० बुधवार

  • 1.5K
    SHARES

  • मधेस प्रदेशमा एमाले संसदीय दलको नेतामा सरोज यादव चयन

    धनुषा । मधेस प्रदेशसभाको पहिलो ठूलो दल नेकपा (एमाले) संसदीय दलको नेतामा सरोज यादव चयन हुनुभएको छ । 

    मधेस प्रदेश पार्टी कमिटीले दलको नेतामा उहाँलाई चयन गरेको हो ।

    मङ्गलबार जनकपुरमा एमाले संसदीय दलको बैठक बसेको थियो । आकाङ्क्षी बढी भएपछि दलको नेता चयन गर्ने जिम्मा प्रदेश कमिटीलाई दिइएकामा उक्त कमिटीले यादवको नाम चयन गरेको एमाले नेता सोमप्रसाद शर्माले जानकारी दिनुभयो । 

    एमाले केन्द्रीय सदस्यसमेत रहनुभएका यादव महोत्तरी क्षेत्र नं ४ (१) बाट निर्वाचित हुनुभएको थियो ।

    दलको नेताका लागि एमाले केन्द्रीय सदस्यसमेत रहनुभएका रामचन्द्र मण्डल, हरिनारायण महतो, राजकुमार लेखी, शारदादेवी थापालगायत दाबेदार हुनुहुन्थ्यो । मधेस प्रदेशको सबैभन्दा ठूलो दल एमालेका २३ सांसद छन् ।

    २०७९, पौष २० बुधवार११:५४:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार