विज्ञानका कुरा 

विज्ञानका कुरा 

२०७९, माघ २९ आइतवार

  • 1.5K
    SHARES

  • विज्ञानका कुरा 
    आँखाले रातो, निलो, पहेँलो आदि रंग कसरी छुट्टयाउँदछ ?
    आँखाको रेटिना अर्थात् आकृति बन्ने पर्दामा दुई किसिमका कोषहरु हुन्छन् रड र कोन । यी दुवै कोषहरुमा प्रकाशका किरणहरु पर्दा प्रििक्रया देखाउने स साना कणहरु हुन्छन् । प्रकाशले गर्दा यी कणहरुमा दोहोरो किसिमको रासायनिक प्रतिक्रिया हुन्छ र यो नै दृष्टिको आधार बन्दछ । रङ्गीविरङ्गी देखिनुमा रडको भन्दा कोनको बढी भूमिका हुन्छ किनभने उज्यालोमा बढी सक्रिय हुने काषहरु कोन नै हुन् । यस बाहेक वस्तु रङ्गीचङ्गी देखिनुमा प्रकाशको पनि उत्तिकै भूमिका छ । 
    प्रकाशमा वैजनीदेखि लिएर रातोसम्म विभिन्न सात प्रकारका रङहरु छन् । वस्तुमा परेको प्रकाश र त्यसले सोसेको अनि परावर्तित गरेको प्रकाश तरङ्ग अनुसार वस्तुको रङ बन्दछ । जस्तो रातो फूल रातो देखिनुको मतलब त्यसले रातो बाहेक अरु सबै सोस्दछ । अनि रातो फूललाई रातो भनी देख्न र चिन्न अघि भने जस्तै रङप्रति प्रतिक्रिया देखाउने हाम्रो आँखाको कोष र मस्तिष्कमा पुगेको संकेतले मद्दत गर्दछ । 

    २०७९, माघ २९ आइतवार१०:१६:५७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार