एमालेद्वारा प्रदेश १ को नामका लागि ‘कोशी’ प्रस्ताव, जातियता नझल्किएको भन्दै जसपा र एकीकृत समाजवादीको असहमति 

एमालेद्वारा प्रदेश १ को नामका लागि ‘कोशी’ प्रस्ताव, जातियता नझल्किएको भन्दै जसपा र एकीकृत समाजवादीको असहमति 

२०७९, फाल्गुण १७ बुधवार

  • 1.4K
    SHARES

  • एमालेद्वारा प्रदेश १ को नामका लागि ‘कोशी’ प्रस्ताव, जातियता नझल्किएको भन्दै जसपा र एकीकृत समाजवादीको असहमति 

    विराटनगर । नेकपा एमालेको संसदीय दलले प्रदेश १ को नाम ‘कोशी प्रदेश’प्रस्ताव गरेको छ।

    बुधबार विराटनगरस्थित प्रदेशसभामा नेकपा एमाले संसदीय दलले सभामुख बाबुराम गौतमसमक्ष प्रदेश १ को नामका लागि कोशी प्रदेश प्रस्ताव गरेको हो।

    सो नामका लागि एमालेका रामबहादुर मगर प्रस्ताव रहेका छन्। प्रस्तावको समर्थकमा निरन राई र भूमिप्रसाद राजवंशी रहेका छन्।

    प्रदेश सचिवालयले बुधबार प्रदेश १ को नाम प्रस्ताव र निर्णय गर्नका लागि सूचना जारी गरेको थियो। सोही अनुरूप एमालेले प्रदेश नामाकरणसम्बन्धी नामाकरणसम्बन्धी प्रस्ताव प्रदेश सचिवालयमा पेस गरेको हो।

    यता जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले संयुक्त रूपमा प्रदेशको नाम ‘किरात लिम्बुवान सगरमाथा’ पेस गरेका छन्। यस नामका लागि समाजवादी संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री राजेन्द्र राई प्रस्तावक र जसपाकी स्वास्थ्य मन्त्री निर्मला लिम्बू समर्थक रहेकी छन्।

    कोशीका विषयमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र एकमत रहेको बताइएको छ । 

    २०७९, फाल्गुण १७ बुधवार०१:२३:४८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार