काठमाडौँ ।
संधै काखमा बस्न समयको साथ थिएन आमा
तिम्लाई नसम्झेको कुनै रात-दिन थिएन आमा ।
डरैमा सुत्छु डरैमा उठ्छु तिम्रो साथ छुटेदेखि
ढुक्कले ज्यान छोड्न तिम्रो काख थिएन आमा ।
कमि थिएन बाटैभरी मेरा खुट्टा तान्नेहरुको त
उन्नतिमा फर्किन सक्ने सम्म आंट थिएन आमा ।
बा-आमाको ममता बुझें घर छोडेर हिडेदेखी
माया र काख भन्दा ठुलो कुनै लाख करोडको पैसा थिएन आमा ।
चौरासी व्यञ्जन पनि खल्लो लाग्यो आमा मलाई
तिम्रो हातले पकाएको साग थिएन आमा ।
घरदेखी टाढै बसेपनी कहिल्यै बिग्रिने मौका पाइन आमा
तिम्ले दिएको संस्कारमा कुनै दाग थिएन आमा ।
तिमिलाई नसम्झेको कुनै पल थिएन आमा
पिंडा के हो ? बल्ल महसुस गर्दै थिएं तिम्लाई देखेर आमा ।
संधै काखमा बस्न समयको साथ थिएन आमा
तिम्लाई नसम्झेको कुनै रात दिन थिएन आमा ।
मन्दिरा सुबेदी
मन्थली-१, रामेछाप