विश्वकप छनोटमा जिम्बाब्वेसँग भिड्दै नेपाल

विश्वकप छनोटमा जिम्बाब्वेसँग भिड्दै नेपाल

२०८०, आषाढ ३ आइतवार

  • 913
    SHARES

  • विश्वकप छनोटमा जिम्बाब्वेसँग भिड्दै नेपाल

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज(आइतबार)बाट औपचारिक रूपमा आइसीसी एकदिवसीय विश्वकप-२०२३ छनोटको औपचारिक सुरुवात गर्दैछ।

    तेस्रो पटक एकदिवसीय विश्वकप छनोट खेल्न लागेको नेपाल एकदिवसीय मान्यता प्राप्त राष्ट्रका रूपमा टेस्ट राष्ट्रविरुद्ध पहिलो पटक खेल्न लागेको हो।

    जिम्बावेको हरारे स्पोर्टस् क्लबमा नेपाली समय अनुसार खेल १२:४५ मा सुरू हुने छ। नेपाल र जिम्बावेले हालसम्म एकपटक प्रतिस्पर्धा भएपनि नेपालले एकदिवसीय राष्ट्रका रूपमा भने जिम्बाब्वेसँग पहिलो पटक भिड्न लागेको हो।

    २०१८ मा जिम्बावेमा नै आयोजना भएको विश्वकप छनोट खेलमा नेपाल र जिम्बावेबीच खेल भएको थियो। लिस्ट ‘ए’का रुपमा रहेको नेपाल १ सय १६ रनले पराजित भएको थियो।

    एकदिवसीय विश्वकप छनोटमा भने नेपालको यो तेस्रो सहभागिता हो। २०१८ मा दोस्रो पटक एकदिवसीय विश्वकप छनोटमा नेपालले डिभिजन टु को फाइनलमा स्थान बनाएर प्रवेश पाएको थियो। नेपालले छनोटमा जिम्बावेसहित स्कटल्यान्ड, अफगानिस्तान र हङकङसँग प्रतिस्पर्धा गरेको थियो। नेपालले उक्त समयमा जिम्बाब्वेसँग ११६ तथा अफगानिस्तानसँग नेपाल ६ विकेटले पराजित भएको थियो।

    त्यस्तै अर्को खेलमा नेपालले हङकङलाई ५ विकेटले हराउँदा स्कटल्यान्डसँग ४ विकेटले पराजित भएको थियो। लिग चरणमा नेपाल चौंथो स्थानमा रहेको थियो।

    त्यसअघि नेपालले २०१४ मा पहिलो पटक विश्वकप छनोट खेलेको थियो। २०१३ मा डिभिजन थ्रीको उपाधि जितेपछि नेपालले पहिलो पटक एकदिवसीय विश्वकप छनोट खेल्ने अवसर पाएको थियो।

    उक्त विश्वकप छनोटमा नेपाल समूह चरणका सबै चार खेलमा पराजित भएको थियो। समूह ए मा नेपालले स्कटल्यान्ड, हङकङ, युएई र क्यानडाको सामना गरेको थियो।

    तर यो पटक नेपाल जिम्बाब्वेमा विश्वकप छनोट अन्तर्गत आफ्नो समूहमा सुपर सिक्सको लक्ष्यका साथ प्रतियोगिताको सुरुवात गर्दैछ। विश्वकप छनोटको समूहमा नेपाल, जिम्बाब्वे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिकासँग प्रतिस्पर्धा गर्ने छ। समूह ‘बी’मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, युएई र ओमान छन्। समूहका शीर्ष तीन टिमले सुपर सिक्समा स्थान बनाउने छन्। सुपर सिक्समा शीर्ष दुईमा रहने टिमले एकदिवसीय विश्वपक यात्रा पक्का गर्ने छन्।

    आजबाट शुरु भएको नेपालको खेल असार ९ गते सम्ममा पहिलो चरणको खेल समाप्त हुने छ । 

    २०८०, आषाढ ३ आइतवार०७:५१:०१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार