उपप्राध्यापक चलाउनेद्वारा सर्वोच्चमा रिट, पेशी भोलि

उपप्राध्यापक चलाउनेद्वारा सर्वोच्चमा रिट, पेशी भोलि

२०८०, आषाढ ६ बुधवार

  • 1.0K
    SHARES

  • उपप्राध्यापक चलाउनेद्वारा सर्वोच्चमा रिट, पेशी भोलि

    काठमाडौं । त्रिवि समाजशास्त्र संकायका उपप्राध्यापक प्रेम चलाउनेले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।

    नेविसंघका विद्यार्थी नेताको सांघातिक आक्रमणबाट घाइते भएका चलाउनेको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन रहेकै बेला सरकारले मुद्दा फिर्ता लिएसँगै उनी सर्वोच्च पुगेका हुन् ।

    चलाउनेले दिएको रिट सर्वोच्च अदालत प्रशासनले दर्ता गर्दै बिहीबारका लागि पेशी तोकेको छ।

    यसअघि सरकारले त्रिभुवन विश्वविधालयका उपप्राध्यापक चलाउनेलाई आक्रमण गर्नेविरुद्ध दर्ता भएको मुद्धा फिर्ता लिने निर्णय गरेको थियो । उनले सोमबारदेखि त्रिवि परिसरमा आमरण अनसन सुरु गरेका थिए ।

    चलाउनेमाथि आक्रमण गर्ने विद्यार्थीलाई उन्मुक्ति दिनेगरी सरकारले मुद्दा फिर्ताको निर्णय गरेपछि सडकदेखि सदनसम्म विरोध हुँदै आएको छ ।

    २०८०, आषाढ ६ बुधवार०७:३३:४५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार