झापाको शिवसताक्षीमा ट्रक र कार एक-आपसमा ठोक्किँदा बाबु-छोरीको मृत्यु

झापाको शिवसताक्षीमा ट्रक र कार एक-आपसमा ठोक्किँदा बाबु-छोरीको मृत्यु

२०८०, आषाढ १२ मंगलवार

  • 685
    SHARES

  • झापाको शिवसताक्षीमा ट्रक र कार एक-आपसमा ठोक्किँदा बाबु-छोरीको मृत्यु

    दमक । झापाको शिवसताक्षी नगरपालिकामा दुईवटा सवारी-साधन एक-आपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

    मोरङ उर्लाबारीका ४५ वर्षीय गुरुचन चौधरी र १८ बर्षिय कुमकुम चौधरीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाले जनाएको छ। गुरुचरण र कुमकुम बाबुछोरी हुन् ।

    आज बिहान पूर्वबाट पश्चिमतर्फ गइरहेको मालबाहक ट्रकले विपरीत दिशाबाट आएको कारलाई ठक्कर दिँदा कारमा सवार उनीहरूको मृत्यु भएको हो ।

    दुर्घटनाबाट गम्भीर घाइते भएका बाबु-छोरीलाई उपचारका लागि बिर्तामोडमा रहेको बिएण्डसी अस्पताल लगिएको थियो।

    उनीहरूको उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ।

    घाइते भएका अन्य ६ जनाको उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाका प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले जानकारी दिए।

    २०८०, आषाढ १२ मंगलवार०८:४९:३०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार