पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

२०८३, कार्तिक २० बिहिवार

  • 193
    SHARES

  • पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

    काठमाडौँ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

    मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ ।

    महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

    आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । देशका बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    राति गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

    त्यसैगरी, तराईका भू-भाग, उपत्यका तथा खोँचमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    २०८३, कार्तिक २० बिहिवार०७:५५:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार