मदन भण्डारी बौद्धिक मञ्चद्धारा 'मदन भण्डारी र सुशासन' विषयक छलफल कार्यक्रम सम्पन्न

मदन भण्डारी बौद्धिक मञ्चद्धारा 'मदन भण्डारी र सुशासन' विषयक छलफल कार्यक्रम सम्पन्न

२०८०, आषाढ १२ मंगलवार

  • 993
    SHARES

  • मदन भण्डारी बौद्धिक मञ्चद्धारा 'मदन भण्डारी र सुशासन' विषयक छलफल कार्यक्रम सम्पन्न

    काठमाडौं । मदन भण्डारी बौद्धिक मञ्चले स्व. जननेता मदन भण्डारीको ७२ औं जन्म जयन्तीका सन्दर्भमा मदन भण्डारी र सुशासन विषयक छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

    नेपाली राजनीतिमा मदनको अतुलनिय योगदानलाई कदर गर्दै मञ्चले वर्तमान परिवेश सुहाउँदो 'मदन भण्डारी र सुशासन' विषयक अन्तरक्रिया संचालन गरेको हो । 

    55.jpg

    मञ्चका उपाध्यक्ष डा. बाबुराम अधिकारीले प्रस्तुत गरेको कार्यपत्रमाथि सहभागिहरु विच छलफल चलेको थियो । 

    छोटो समय बाँचेर पनि नेपाली कम्युनिष्ट इतिहासमा नयाँ आयाम पस्कन सफल भण्डारीका योगदान र विचारलाई थप छलफल गर्दै अगाडि बढ्नुपर्ने बक्ताहरुको आशय थियो ।

    यत्रतत्र भ्रष्टाचारको जालोले मुलुक आक्रान्त भईरहँदा सुशासनका विषयमा भण्डारीका विचारलाई अझ गहिराईसम्म छलफल गरि जनतामा पुर्याई शासकवर्गलाई खबरदारी गरिरहनु पर्ने कुरामा सहभागीले जोड दिएका थिए ।

    909.jpg

    भण्डारीले प्रतिपादन गरेका विचारलाई कार्यक्रमीक तथा सिद्धान्तका रुपमा देशकै ठूलो पार्टी एमालेले अंगकिार गरेपनि कहिलेकाहिँ कार्यान्वयनमा अस्पष्टता आउँदा आन्दोलनलाई नै क्षति पुगेको धारणा विद्धतवर्गको थियो । 

    कार्यक्रम आइतवार मंचका अध्यक्ष कुल बहादुर आचार्यको अध्यक्षता तथा मदन भण्डारी फाउण्डेशनका अध्यक्ष तथा पुर्व मन्त्री महेन्द्र बहादुर पाण्डेको आतिथ्यतामा संचालन भएको थियो ।

    66.jpg

    नेपाली राजनीतिक ईतिहासमा स्व. भण्डारी सम्बद्ध कृतिहरु अत्यधिक पठन हुने गरेको कुरा अनुसन्धानले बताएको छ । 

    77.jpg88.jpg99.jpg

    २०८०, आषाढ १२ मंगलवार०९:२०:३०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार