स्वर्गीय नेता आशिष श्रेष्ठको स्मृतिमा शोक सभा सम्पन्न

स्वर्गीय नेता आशिष श्रेष्ठको स्मृतिमा शोक सभा सम्पन्न

२०८०, आषाढ १३ बुधवार

  • 893
    SHARES

  • स्वर्गीय नेता आशिष श्रेष्ठको स्मृतिमा शोक सभा सम्पन्न

    काठमाडौं । नेकपा एमाले काठमाडौं जिल्ला कमिटी सदस्य दिवंगत आशिष श्रेष्ठको स्मृतिमा शोक सभा सम्पन्न भएको छ । 

    राजनीति संगै समाजसेवामा पनि निरन्तर सक्रिय रहेका जुझारु युवानेता श्रेष्ठको निधनमा दुख व्यक्त गर्दै एमाले काठमाडौंले चावहिल स्थित एक पार्टी प्यालेसमा आज बिहान शोक सभा आयोजना गरेको हो ।

    16.jpg

    शोकसभामा नेकपा एमाले स्थायी कमिटी सदस्य आनन्द पोखरेल, पोलिटव्युरो सदस्यद्धय कृष्ण राई र रामेश्वर फुँयाल, काठमाडौं जिल्ला अध्यक्ष दिपक निरौला, आशिष पढेको विद्यालय टंगाल माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र अधिकारी, काठमाडौं वडा नं ७ वडा अध्यक्ष बिमल होडा लगाएतले स्वर्गिय श्रेष्ठको बारेमा स्मरण गरेका थिए ।

    काठमाडौं वडा नं ७ कमिटीको व्यवस्थापनमा भएको कार्यक्रममा स्वर्गिय श्रेष्ठका सन्दर्भमा संक्षिप्त जानकारी वडा कमिटी अध्यक्ष दिपेन्द्र पुडासैनीले राखेका थिए ।  

    15.jpg

    श्रेष्ठले एमालेको प्रारम्भिक कमिटीबाट राजनीति सुरुवात गरि युवा संघको केन्द्रिय कमिटीसम्म पुगेर विदावारी हुँदै स्थानिय पार्टी कमिटीमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका थिए ।

    शान्त र सरल स्वभावका धनी श्रेष्ठको असार १ गते बिहान हृदयाघातका कारण निधन भएको थियो । उनका श्रीमती, एक छोरा र एक छोरी छन् । 

    18.jpg19.jpg12.jpg14.jpg

    २०८०, आषाढ १३ बुधवार१०:०५:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार