कपन । नेकपा एमाले संसदिय दल बुढानिलकण्ठ नगरपालिकाको प्रवक्तामा युवा वडाध्यक्ष टिकेश नारायण श्रेष्ठ(टिका) चयन भएका छन् ।
संसदिय दलको असार १७ गते बिहान बसेको बैठकले चुनिखेल निवासी वडा नं १३ का वडाध्यक्ष श्रेष्ठलाई नगरप्रवक्ताको जिम्मेवारी दिएको हो ।

एमालेको शसक्त जनवर्गिय संगठन युवासंघ नेपालमा सचिवालय सदस्यको भूमिका कुशलतापूर्वक निर्वाह गरि जनप्रतिनिधिको जिम्मेवारीमा होमिएका श्रेष्ठ पार्टी संगठन र जनप्रतिनिधिको रुपमा लोकप्रिय मानिन्छन् ।
संसदिय दलले विश्वास गरेर सो जिम्मेवारी प्रदान गरेकोमा नगरप्रमूख, उपप्रमूख तथा पार्टीका नेताहरुलाई धन्यवाद दिँदै रचनात्मक कार्य गरि सबैको मन जित्ने प्रयास गरिने श्रेष्ठले भनेका छन् ।

यता नगरप्रवक्ताको जिम्मेवारी पाएको खबर सुनेपछि कार्यालयमै आई वडावासीले बधाई ज्ञापन गरेको देख्दा सेवाग्राहीहरु पनि दंग देखिएका थिए ।
टिकेश वडाध्यक्ष भएपछि चुनिखेलको महत्व धेरै बढेको र आहा ! चुनिखेल, रमाईलो चुनिखेल बनाएकामा आफुहरुलाई पनि अझ जिम्मेवारी थपिएको महशुस भएको वडा निवासी गोकुल खँड्काले बताए ।



