काठमाडौं महानगरद्धारा संस्थागत विद्यालयमा छात्रवृत्तिका लागि निवेदन आव्हान

काठमाडौं महानगरद्धारा संस्थागत विद्यालयमा छात्रवृत्तिका लागि निवेदन आव्हान

२०८०, आषाढ २३ शनिवार

  • 913
    SHARES

  • काठमाडौं महानगरद्धारा संस्थागत विद्यालयमा छात्रवृत्तिका लागि निवेदन आव्हान

    काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्तिका लागि निवेदन गर्न आव्हान गरेको छ । 

    संस्थागत विद्यालयले नियमसंगत दिनुपर्ने छात्रबृत्ति पनि नदिनुका साथै छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीबाट पनि यो वा त्यो बहानामा चर्को शुल्क उठाईँदै आएको गुनासो बढेपछि महानगरपालिका आफैंले छात्रवृत्तिका लागि प्रक्रिया सुरु गरेको हो ।

    शिक्षा ऐन-२०२८ मा संस्थागत विद्यालयले विद्यालयमा भर्ना भएका कुल विद्यार्थी संख्याको कम्तीमा दश प्रतिशतमा नघट्ने गरी विपन्न, अपाङ्ग, महिला, दलित वा जनजाति विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराउनु पर्ने व्यवस्था छ ।

    महानगरपालिकाको शिक्षा शाखाले सूचनै जारी गरेर कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्न तयारी थालेको जनाएको छ ।

    छात्रवृत्तिका लागि यही असार २८ गतेदेखि आवेदन खुला गरिएको महानगरपालिकाले जनाएको छ भने आवेदन साउन १२ गतेसम्म अनलाइनबाटै भर्न सकिने व्यवस्था मिलाएको महानगरले जनाएको छ । छात्रवृत्ति परीक्षा साउन २० गते लिने संचालन हुनेछ । 

    परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा बहुवैक्ल्पिक वस्तुगत प्रश्न हुनेछन् ।

    विद्यालयगत छात्रवृत्तिको कोटा र परीक्षा केन्द्र भने महानगरले यसपछि सार्वजनिक गर्ने जनाएको छ ।

    111.jpg

     

    २०८०, आषाढ २३ शनिवार०८:५०:३७
    प्रतिक्रिया
    सम्बन्धित समाचार