प्रधानमन्त्री पत्नी सीता दाहालको निधन, अस्पतालले पत्रकार सम्मेलन गर्दै

प्रधानमन्त्री पत्नी सीता दाहालको निधन, अस्पतालले पत्रकार सम्मेलन गर्दै

२०८०, आषाढ २७ बुधवार

  • 729
    SHARES

  • प्रधानमन्त्री पत्नी सीता दाहालको निधन, अस्पतालले पत्रकार सम्मेलन गर्दै

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको निधन भएको छ । लामो समयदेखि पार्किन्सन रोगबाट पीडित दाहालको बुधबार विहान साढे ८ बजे निधन भएको नर्भिक अस्पतालले जनाएको छ । 

    उनको स्वास्थ्य झन गम्भीर बनेपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

    दाहाललाई पार्किन्सनजस्तो देखिने एक प्रकारको जटिल रोगले लामो समयदेखि सताएको थियो । दाहाललाई देखिएको जटिल रोगलाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) भनिन्छ । यसअघि सीताको उपचार भारत, सिंगापुरलगायतका देशमा पनि गरिएको थियो ।

    यस विषयमा अस्पतालले पत्रकार सम्मेलन गरेर जानकारी दिने भएको छ । 

    २०८०, आषाढ २७ बुधवार०९:२५:५३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार