काँग्रेसभित्र देखिएका आपसी मतभेद हटाउन जरुरी छः देउवा

काँग्रेसभित्र देखिएका आपसी मतभेद हटाउन जरुरी छः देउवा

२०८०, श्रावण ६ शनिवार

  • 813
    SHARES

  • काँग्रेसभित्र देखिएका आपसी मतभेद हटाउन जरुरी छः देउवा

    काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र देखापरेका मतभेदलाई तत्काल अन्त्य गर्न अतिआवश्यक भएको बताएका छन्।

    शनिबार सुनसरीको इनरुवामा आयोजित पार्टीको जिल्ला सम्मेलनमा बोल्दै उनले आगामी निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाउन पनि पार्टीभित्र देखापरेका मतभेदलाई अन्त्य गर्न ढिलाइ गर्न नहुने तर्क गरे।

    लोकतन्त्रलाई सुदृढ बनाउन र मुलुकमा स्थायी शान्ति र समृद्धि ल्याउन पनि नेपाली काँग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउनुपर्ने भएकाले पार्टीभित्र एकताबद्ध हुन जरुरी रहेको देउवाको भनाइ थियो।

    उनले भने, ‘हाम्रो पार्टी एकता हुन जरुरी छ। सम्पूर्ण रुपले एकता भएको खण्डमा हाम्रो पार्टीले सबभन्दा ठूलो पार्टी छ। बहुमतको पार्टी बनाउन अति आवश्यक छ। अहिले समावेशी समानुपातिक प्रतिनिधित्व छ। त्यसैले बहुमत आउन सक्दैन भन्ने भनाई पनि छ। तापनि हामीले आपसी मतभेदहरु हटाउन सक्यो भने, आपसका मनोमालिन्यहरु हटाउन सक्यौँ भने हाम्रो पार्टीले बहुमत ल्याउन सक्नेछ।

    धेरै ठाउँमा हाम्रो पार्टीलाई प्रमुख पार्टीको रुपमा स्थापित गर्न सकियोस्। स्थायी शान्ति, यो डेमोक्रेसीलाई सुदृढ गरी सम्पूर्ण जनताले लोकतन्त्रलाई आफनो भनिठान्नु पर्नेछ। त्यसकारण लोकतन्त्रलाई सुदृढ बनाउन, स्थायी शान्ति कायम गर्न पनि नेपाली काँग्रेसले एकताबद्ध भएर अगाडि बढनुपर्छ।’

    २०८०, श्रावण ६ शनिवार०९:११:५३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार