झापामा भारी वर्षा, आज दिनभर सतर्कता अपनाउन आग्रह

झापामा भारी वर्षा, आज दिनभर सतर्कता अपनाउन आग्रह

२०८०, श्रावण १२ शुक्रवार

  • 945
    SHARES

  • झापामा भारी वर्षा, आज दिनभर सतर्कता अपनाउन आग्रह

    काठमाडौं । झापामा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार झापाका दमक, उर्लाबारी, शनिश्चरे र चन्द्रगढीमा भारी वर्षा भएको हो ।

    महाशाखाले आज बिहान ६ बजे सूचना जारी गर्दै पछिल्लो तीन घण्टायता भारी वर्षा भएको उल्लेख गरेको छ । वर्षाका कारण बिरिङ, रतुवा लगायत साना खोलामा आकस्मिक बाढी आउन सक्ने जोखिम भएकाले आज दिनभर उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

    प्रभावित क्षेत्रका बासिन्दालाई एसएमएस पठाएर सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

    अहिले देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।

    आज कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

    २०८०, श्रावण १२ शुक्रवार०७:४१:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार