माओवादी केन्द्रको पदाधिकारी बैठक आज

माओवादी केन्द्रको पदाधिकारी बैठक आज

२०८०, श्रावण १३ शनिवार

  • 861
    SHARES

  • माओवादी केन्द्रको पदाधिकारी बैठक आज

    काठमाडौँ । सत्तासीन दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक शनिबार बस्दैछ। बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास बालुवाटारमा बस्न लागेको हो।

    माओवादी केन्द्रको केन्द्रीय समिति बैठक यही साउन १७ गतेदेखि सुरु हुँदैछ। केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न आज पदाधिकारी बैठक बोलाइएको हो।

    आजको बैठकले निर्धारण गर्ने एजेन्डालाई केही दिनमै बस्ने स्थायी समिति बैठकमा छलफल गरी अन्तिम रूप दिइने एक नेताले जानकारी दिए।

    यसैगरी, बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ।

    २०८०, श्रावण १३ शनिवार०२:४७:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार