बन्दका कारण कोशी प्रदेश ठप्प 

बन्दका कारण कोशी प्रदेश ठप्प 

२०८०, श्रावण २२ सोमवार

  • 889
    SHARES

  • बन्दका कारण कोशी प्रदेश ठप्प 

    दमक । राष्ट्रिय जनमुक्ति पार्टीसहित छ वटा घटकले आज कोशी प्रदेश अन्तर्गत लिम्बुवान क्षेत्र बन्दको घोषणा गरेका कारण प्रदेशभर यातायात क्षेत्र प्रभावित भएको छ ।

    बन्दका कारण सडकमा सार्वजनिक यातायातका साधन गुडेका छैनन् भने शिक्षण संस्थाहरूसमेत बन्द भएका छन् ।

    ऐतिहासिक सन्धी सम्झौतालाई कार्यन्वयनसहित कोशी प्रदेश पुनःनामाङ्कन गर्न दवाब स्वरुप आज  एकदिने बन्दको घोषणा गरेको लिम्बुवानबादी संगठनहरूले जनाएका छन् ।

    २०७९ फागुन १७ गते तत्कालिन प्रदेश सरकारले प्रदेश १ लाई कोशी प्रदेश नामाकरण गरे पश्चात संगठनहरुले विरोध गर्दै आएका छन् । 

    २०८०, श्रावण २२ सोमवार०८:३५:३५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार