असोज भित्र प्रदेश अधिवेशन सम्पन्न गर्ने एमालेको तयारी, विशेष प्रदेशमा असोज तेस्रो साता

असोज भित्र प्रदेश अधिवेशन सम्पन्न गर्ने एमालेको तयारी, विशेष प्रदेशमा असोज तेस्रो साता

२०८०, श्रावण २९ सोमवार

  • 849
    SHARES

  • असोज भित्र प्रदेश अधिवेशन सम्पन्न गर्ने एमालेको तयारी, विशेष प्रदेशमा असोज तेस्रो साता

    काठमाडौं । नेकपा एमालेले प्रदेश अधिवेशनको मिति टुंग्याएको छ । पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले प्रदेश अधिवेशन भदौ र असोजमा गर्ने निर्णय गरेको सचिव पध्मा अर्यालले बताइन् । 

    उनका अनुसार भदौ १६ र १७ गते लुम्बिनी, असोज ५ र ६ मधेश, असोज ८ र ९ बागमती, असोज १० र ११ कर्णाली, असोज १२ र १३ कोशी, असोज १५ र १६ गण्डकी, असोज १९ र २० उपत्यका विशेष र असोज २१ र २२ सुदुरपश्चिम प्रदेशको अविधेशन गर्न लागेको हो ।

    एमालेले पार्टी सदस्यता नवीकरणको काम साउन १५ गते नै सम्पन्न गरिसकेको छ । कर्मचारी वृत्तमा पार्टी काम गर्न गठन भएको अर्ध भुमिगत शैलीको उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशनलाई चासोपूर्वक हेरिएको छ ।

    हाल विशेष प्रदेश कमिटी अध्यक्षमा अर्थ मन्त्रालयबाट सेवा निवृत्त कर्मचारी प्रेम कुमार पराजुली रहेका छन् । 

    २०८०, श्रावण २९ सोमवार०७:०१:४७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार