काठमाडौँ महानगरका कक्षा १० सम्मैका विद्यार्थीले पाउने भए दिवा खाजा, प्रति विद्यार्थी ३० रुपयाँ 

काठमाडौँ महानगरका कक्षा १० सम्मैका विद्यार्थीले पाउने भए दिवा खाजा, प्रति विद्यार्थी ३० रुपयाँ 

२०८०, भाद्र २ शनिवार

  • 1.0K
    SHARES

  • काठमाडौँ महानगरका कक्षा १० सम्मैका विद्यार्थीले पाउने भए दिवा खाजा, प्रति विद्यार्थी ३० रुपयाँ 

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयका कक्षा १० सम्मका बालबालिकालाई दिवा खाजाको व्यवस्था गर्ने भएको छ । त्यसका लागि प्रतिविद्यार्थी दैनिक ३० रुपैयाँ छुट्याइएको महानगरपालिकाले जनाएको छ ।

    सङ्घीय सरकारले देशभरका सामुदायिक विद्यालयका कक्षा ६ सम्मका बालबालिकालाई दिवा खाजा खुवाउन प्रतिविद्यार्थी दैनिक १५ रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले दिने गरेको रकममा शतप्रतिशत रकम थप गरी महानगरले कक्षा १० सम्मकै विद्यार्थीका लागि रकम छुट्याएको छ।

    काठमाडौँ महानगरले भाद्र १ गतेदेखि नै कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा व्यवस्थापन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ। 222.png

     

    २०८०, भाद्र २ शनिवार०९:११:३७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार