कोशी प्रदेशका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै

कोशी प्रदेशका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै

२०८०, भाद्र ४ सोमवार

  • 673
    SHARES

  • कोशी प्रदेशका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै

    काठमाडौँ । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिने भएका छन् ।

    साउन १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थापाले २० दिनमा विश्वासको मत लिन लागेका हुन् ।

    नेपाली कांग्रेसका थापालाई गठबन्धन दलको साथ छ । उनले यही भदौ १४ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यता छ ।

    विश्वासको मत लिन थापाले शुक्रबार कोसी प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराएका थिए । गठबन्धनसँग ठिक्क बहुमत पुग्ने ४७ सांसद संख्या छ । तर, सभा सञ्चालन गर्न उपसभामुख अनुपस्थित भए के गर्ने भन्नेमा गठबन्धनमा अन्योल देखिएको छ ।

     

    २०८०, भाद्र ४ सोमवार०९:२६:१३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार